९ मंसिर, २०८१ आइतबार
05:39:24 AM
२ भदौ, २०७९
काठमाडौं । एकै दिनमा बैंकहरूको निक्षेप संकलन १५ अर्बले बढेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार साउन ३१ गते एकै दिन बैंकहरूको निक्षेप १५ अर्ब रुपैयाँले बढेको हो।
योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५० खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ। साउन ३० गतेसम्म बैंकहरुको कुल निक्षेप ५० खर्ब १९ अर्ब रुपैयाँ रहेको थियो। यो अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि १३ अर्बले बढेर छ । गत साउन ३० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब २१ अर्ब रुपैयाँ रहेकोमा साउन ३१ गतेसम्म १३ अर्बले बढेर ४४ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ।
यो अवधिमा बैंकहरूको कर्जा प्रवाह २ अर्बले बढेर ४७ खर्ब रूपैयाँमा पुगेको छ । गत साउन ३० गतेसम्म कुल कर्जा लगानी ४६ खर्ब ९८ अर्ब रुपैयाँ रहेको थियो। वाणिज्य बैंकहरूको कर्जा लगानी पनि यो अवधिमा ३ अर्बले बढेर ४१ खर्ब ७२ अर्ब रूपैयाँमा पुगेको छ । गत साउन ३० गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ६९ अर्ब रुपैयाँ रहेको थियो ।
बैंक तथा वित्तिय संस्थाहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८८.२७ प्रतिशतबाट घटेर ८८.०७ प्रतिशतमा पुगेको छ ।