९ मंसिर, २०८१ आइतबार
05:02:35 AM
२ भदौ, २०७९
काठमाडौं । प्रभु बैंकले १० भदौदेखि संस्थापक समूहको ५० हजार कित्ता सेयर बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिकित्ता सेयरको न्यूनतम मूल्य १४० रुपैयाँ तोकेको छ । लगानीकर्ताले १४० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ ।
उक्त संस्थापक सेयरमा बैंकका संस्थापक सेयरधनी, अन्य कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघसंस्थाहरुले आवेदन दिन सक्नेछन् । उक्त संस्थापक सेयर गर्न इच्छुक जो कोहीले भदौ १७ गतेसम्म न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैकिक लिमिटेड नक्साल, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।