५ जेठ, २०८१ शनिबार

06:42:58 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

क्रसर उद्योग तत्काल बन्द गर्ने नगर प्रमुखको प्रतिबद्धता

३ माघ, २०७८

क्रसर उद्योग तत्काल बन्द गर्ने नगर प्रमुखको प्रतिबद्धता

महोत्तरी

आफ्नो पदावधिको उत्तराद्र्धमा आएर बर्दिबास नगरपालिकाका जनप्रतिनिधिले नदीमा हुँदै आएको अवैध दोहन निस्तेज गर्ने प्रतिबद्धता जनाएको छ । नगरक्षेत्रका नदीबाट कानून विपरीत बालुवा, ढुङ्गा उत्खनन गरी निर्यात गर्दै आएका र अवैधरूपले सञ्चालनमा ल्याइएका क्रसर उद्योग तत्काल बन्द गरिने नगरप्रमुख विदुरकुमार कार्कीले प्रतिबद्धता गनुभएको हो । 

विस २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिको अब केही महिनाभित्रै पदावधि सकिदैछ । जिल्लामा क्रसर उद्योग (नदीबाट बालुवा, ढुङ्गा उत्खनन, प्रशोधन र निर्यात गर्ने उद्योग) का लागि बर्दिबास सबैभन्दा उपयुक्त स्थल मानिन्छ ।

नगरक्षेत्रमा २० भन्दा बढी यस्ता उद्योगले मनपरीसँग खाल्डा खनेर अवैध रूपमा उत्खनन गरिरहे पनि नगर नेतृत्व मुकदर्शक बनेको आरोप चुँलिदै गएपछि अवैध रूपले सञ्चालित यस्ता उद्योग तत्काल बन्द गरिने प्रतिबद्धता  गरेको हो । उँहाले भन्नुभयो, ‘क्रसर उद्योगलाई आफ्नो वैधानिकता पुष्टि गर्न पत्राचार भैसकेको र अब कानून अनुसार क्रसर उद्योगको नियमन गरिन्छ भनेर आइतबार नै घोषणा पनि गरिसकेको छ ।’

पत्रकार सम्मेलन गरेर नदीजन्य पदार्थको अवैध उत्खनन र निर्यात गर्दैआएका सबै उद्योग बन्द गरिने बताइसकिएको प्रसङ्ग दोहो¥याउँदै यसबारे २०७७ मा पारित भएको मापदण्ड अनुसार कार्यान्वयन गरिने जानकारी दिनुभयो ।  बर्दिबासमा २०७४ मा भएको स्थानीयतहको निर्वाचनयता लगातार नदीको अवैध दोहन बढेकाले स्थानीय सरकार मुकदर्शक बनेको आरोप लाग्दै आएको छ । यसबीचमा क्रसर उद्योग फस्टाउँदै जानामा जनप्रतिनिधिकै लगानी रहेकाले कारबाही अघि नबढाइएको जनगुनासो बढेको छ  ।

२०७७ को ऐनअघि ठोस कानूनी आधार र अधिकार स्पष्ट नहुँदा काममा जान असहज भएको छ । नदीजन्य पदार्थ उत्खनन, प्रशोधन र निर्यातबारे ‘ढुङ्गा, गिटी, बालुवा उत्खननसम्बन्धी ऐन २०७७’ अनुसार अघि बढिन्छ’, नगरप्रमुख कार्कीले स्पष्ट पार्नुभयो ।  ‘राजमार्गबाट ५०० मिटर दायाँबायाँ एवं शिक्षण संस्था, विद्युत् हाइटेन्सन लाइन र वन निकुञ्जबाट दुई किलोमिटर दूरीभित्र क्रसर उद्योग सञ्चालन गर्न नमिल्ने उक्त ऐनमा २०७७’ स्पष्ट व्यवस्था छ । 

पक्की पुल, खोला वा नदी किनारबाट ५०० मिटर, सघन बस्तीबाट दुई किलोमिटर र चुरे पहाडको फेदीबाट एक हजार ५०० मिटर दूरी भित्र क्रसर उद्योग स्थापना र सञ्चालन गर्न नपाइने कानूनी प्रावधान छ । यसबाहेक उक्त ऐनमा नदीजन्य वस्तुको बिक्री वितरण तथा उत्खनन गर्नु परेमा अनिवार्य वातावरणीय परीक्षण गर्नुपर्ने, उत्खनन गर्दा श्रम प्रविधिको प्रयोग गर्नुपर्ने, सिँचाइ प्रणाली जस्ता संरचनालाई असर नपर्ने गरी उत्खनन गर्नुपर्ने जस्ता कानूनी व्यवस्थाको अवलम्बन पनि पहल गरिने उहाँले बताउनुभयो ।

जिल्लामा बर्दिबासपछि गौशाला र भङ्गाहा नगरपालिकामा  क्रसर उद्योग सञ्चालन हुँदै आएको छ । पछिल्लो पटक बर्दिबासले अब नदीजन्य पदार्थको उत्खननलाई नियमन गरिने बताए पनि गौशाला र भङ्गाहा नगर नेतृत्वले भने यसबारे कुनै नयाँ कुरा भनेको पाईदैन  । जिल्लामा क्रसर उद्योगलाई  धाक, रवाफ देखाउने र आफ्नो राजनीतिक अभिष्ठ पूरा गर्न ‘डन’ परिचालन गर्ने व्यवसायका रुपमा पनि चित्रण गरिन्छ तर यस्ता आरोप दूराग्रह मात्र भएको क्रसर व्यवसायी विजय मण्डलले बताउनु भयो ।रासस