९ मंसिर, २०८१ आइतबार

05:51:04 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पुरानो लाभांश लिन सेयरधनीहरुलाई माछापुच्छ्रे बैंकको आग्रह

२ भदौ, २०७९

पुरानो लाभांश लिन सेयरधनीहरुलाई माछापुच्छ्रे बैंकको आग्रह

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको छ । बैंकले सेयरधनीहरुलाई विभिन्न साधारणसभाबाट पारित लाभांश भएको पुरानो लाभांश लिन अनुरोध गरेको हो ।

बैंकले आर्थिक बर्ष २०७३।७४ देखि ०७६।७७ सम्मको साधारणसभाले पारित गरेका लाभांशहरु केहि सेयरधनीहरु हालसम्म पनि नलिएकोले उक्त लाभांश पुर्जा लिन बैंकले सेयरधनीहरुलाई आग्रह गरेको हो । सेयरधनीहरुले बैकको सेयर शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ ।

हालसम्म पनि डिम्याट खाता नखोलेका सेयरधनीहरु भएमा डिम्याट खाता खोल्न र डिम्याट खाता भएर पनि बैंक खाता अद्यावधिक नगरेको भएमा बैंक खाता अद्यावधिक गर्न समेत बैंकले आग्रह गरेको छ ।