९ मंसिर, २०८१ आइतबार

08:23:59 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बैंक अफ काठमाण्डूको ११ लाख कित्ता ऋणपत्र बिक्री खुला, कति पाइन्छ ब्याज ?

२ भदौ, २०७९

बैंक अफ काठमाण्डूको ११ लाख कित्ता ऋणपत्र बिक्री खुला, कति पाइन्छ ब्याज ?

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गरेको छ। बैंकले आज (भदौ २ गते बिहीबार) देखि ‘बिओके डिबेन्चर, २०८६ (क)’ निष्काशन तथा बिक्री खुला गरेको हो। सो ऋणपत्रको अवधि ७ वर्ष रहनेछ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका १ अर्ब १० करोड रुपैयाँ बराबरको ११ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये ४० प्रतिशत अर्थात ४४ करोड रुपैयाँ बराबरको ४ लाख ४० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६ लाख ६० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ।

सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात २२ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। सो ऋणपत्र खरिदका लागि छिटोमा भदौ ७ गतेसम्म र सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि भदौ १६ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।