४ जेठ, २०८१ शुक्रबार

03:43:28 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक विहिबार नै संसदबाट पारित गर्ने तयारी

Nepal Business

१ भदौ, २०७९

प्रतिनिधिसभाको बिहिबार ११ बजे बस्ने बैठकको सम्भावित कार्यक्रमको सूचीमा नागरिकता विधेयकलाई पुनर्विचार गरियोस् र पारित गरियोस् भनेर गृहमन्त्रीले प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ ।

राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक विहिबार नै संसदबाट पारित गर्ने तयारी

काठमाडौँ — 
राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयकलाई प्रतिनिधिसभाको बिहीबारको बैठकबाट नै पारित गरिने तयारी गरिएको छ । 

गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाको बिहीबारको बैठकमा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको विधेयकलाई पारित गरियोस् भनेर प्रस्ताव राख्ने जनाइएको छ । 

गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाको बिहीबारको बैठकमा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको विधेयकलाई पारित गरियोस् भनेर प्रस्ताव राख्ने जनाइएको छ । 

प्रतिनिधिसभाको बिहिबार ११ बजे बस्ने बैठकको सम्भावित कार्यक्रमको सूचीमा नागरिकता विधेयकलाई पुनर्विचार गरियोस् र पारित गरियोस् भनेर गृहमन्त्रीले प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ ।

सम्माननीय राष्ट्रपतिबाट सन्देश सहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनर्विचार गरियोस्ु भनी गृहमन्त्रीले पहिलो प्रस्ताव गर्नुहुनेछ । 

गृहमन्त्री खाँणले राखेको उक्त प्रस्तावमा सांसदहरूले आफ्ना धारणा राखेपछि गृहमन्त्रीले नै उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्नुहुने छ । 

राष्ट्रपतिले साउन २९ गते नागरिकता विधेयक पुनर्विचार गर्न भनेर प्रतिनिधिसभामा फिर्ता पठाउनुभएको थियो । जसको सत्तारुढ गठबन्धनले विरोध गरेको छ ।