१३ बैशाख, २०८१ बिहिबार

07:44:01 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कर्णालीले कच्चा पदार्थमा आधारित उद्योग प्रवद्र्धनमा जोड दिने

Nepal Business

१ भदौ, २०७९

“प्रथमतः चालु आव २०७९÷८० को बजेट कार्यान्वयमा मेरो विशेष जोड हुनेछ”, रासससँगको कुराकानीमा मन्त्री शाहीले भन्नुभयो, “दोस्रो प्रदेशस्थित लगानी प्रवद्र्धन बोर्डमार्फत साना उद्योगको विकास र प्रवद्र्धन जोड दिन्छु ।”

कर्णालीले कच्चा पदार्थमा आधारित उद्योग प्रवद्र्धनमा जोड दिने

कर्णाली,

कर्णाली प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीले स्थानीय कच्चा पदार्थमा आधारित उद्योग प्रवद्र्धनमा जोड दिने बताउनुभएको छ । 

कर्णालीमा ठूला लगानीका उद्योग नभएको जनाउँदै उहाँले स्थानीय कच्चा पदार्थमा आधारित उद्योग विकासलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

कर्णालीमा ठूला लगानीका उद्योग नभएको जनाउँदै उहाँले स्थानीय कच्चा पदार्थमा आधारित उद्योग विकासलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

 “प्रथमतः चालु आव २०७९÷८० को बजेट कार्यान्वयमा मेरो विशेष जोड हुनेछ”, रासससँगको कुराकानीमा मन्त्री शाहीले भन्नुभयो, “दोस्रो प्रदेशस्थित लगानी प्रवद्र्धन बोर्डमार्फत साना उद्योगको विकास र प्रवद्र्धन जोड दिन्छु ।”

उहाँले कर्णालीमा लगानीबाट सञ्चालन हुने उद्योगका विषयमा सङ्घीय सरकारसँग पहल गर्ने बताउनुभयो । कर्णालीका जाजरकोट, सुर्खेत, दैलेखमा खानीलगायतका प्राकृतिक स्रोतको उपयोगका लागि यहाँको हावापानी र माटो सुहाउँदो उद्योग मोडेलमा जोड दिने जनाउँदै उहाँले उद्योगी व्यवसायीलाई ब्याजमा सहुलियत दिन सरकारले सहयोग गर्ने बताउनुभयो ।

 

कर्णालीको जडीबुटीको राजस्व सङ्घमा बुझाउनुपर्ने नियमले यहाँका नागरिक मर्कामा परेको बताउँदै मन्त्री शाहीले भन्नुभयो, “अब कर्णाली प्रदेशका छवटा विमानस्थलको स्तरोन्नति र विकासमा सरकारको ध्यान जान्छ, दश जिल्लामा एक÷एक पर्यटन क्षेत्र र तत्पश्चात् ७९ स्थानीय तहमा पर्यटन घोषणा गर्ने नीति अगाडि बढाउँछौँ ।”