९ मंसिर, २०८१ आइतबार
08:14:29 AM
१ भदौ, २०७९
काठमाडौं । बैंकहरूले सिआस्वाको नाममा मनपरी शुल्क लिन थालेका छन् । लगानीकर्ताहरूले साधारण सेयर (आईपीओ) भर्दा कतिपय बैंकहरूले निशुल्क सेवा दिइरहँदा कतिपय बैंकहरूले मनपरी शुल्क लिने गरेका छ । सिआस्वा शुल्क लिने बैंकहरुमध्ये प्राइम कमर्सियल बैंक लिमिटेडले आईपीओमा आवेदन दिँदा लिने सिआस्वा शुल्क बढाएको छ ।
बैंकले यसअघि एक पटक आईपीओ भर्दा १० रुपैयाँ सिआस्वा लिँदै आइरहेकोमा अबदेखि बढाएर एक चोटि आईपीओमा आवेदन दिएको सिआस्वा शुल्क बापत २० रूपैयाँ लिने भएको हो । बैंकले साउन २५ गतेदेखि लागू हुने गरी धितोपत्र खरिद (सार्वजनिक निष्कासन) मा प्रति आवेदन २० रूपैयाँ शुल्क निर्धारण गरेको हो ।
बैंकहरुले सिआस्वा शूल्कका नाममा चर्को शूल्क असुलिरहेको भन्दै लगानीकर्ताहरुले बैंकहरुको बिरोध गर्ने गरेका छन् । अहिले नबिल बैंक, एनआईसि एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंकले मात्र निशुल्क सिआस्वा सेवा प्रदान गरिरहेका छन् । बाँकी सबै बैंकहरुले आफुखुसी सिआस्वा शुल्क लिने गरेका छन् ।
यस्तो छ बैंकले प्रकाशन गरेको सूचना