८ मंसिर, २०८१ शनिबार
07:56:20 AM
३ माघ, २०७८
काठमाण्डौं
लामो समयदेखि प्रविधिमैत्री उत्पादनहरु बजारमा ल्याईरहेको टेक स्टुडियोले अब नयाँ ब्राण्डको स्मार्टवाच सार्वजनिक गरेको छ । कम्पनीले नेपालमा एक्यूफिट ब्राण्डको नयाँ स्मार्ट वाच उपलब्ध गराएको हो । एक्यूफिट डब्लू ६ फिटनेस वेयरेबल नेपाली बजारमा हिप र ट्रेन्डी थपिएको छ ।
एक्यूफिट स्मार्टवाच र स्मार्ट ब्यान्ड डिजाइन तथा निर्माणमा अग्रगामी रहँदै आएकोछ । एक्यूफिट ग्राहकहरूको स्वस्थ जीवनशैलीमा मद्दत गर्ने उत्पादनहरू सिर्जना गर्न प्रतिबद्ध छ । एक्यूफिट डब्लू ६ स्मार्ट वाचको साथ, यसलाई एक कुशल व्यक्तिगत सहायकको रूपमा निर्माण गरेर यसलाई उच्च स्तरमा लैजाने कम्पनीले जनाएको छ । यसमा एक जीवन्त डिजाइन छ जुन सबै स्तरका प्रयोगकर्ताहरुलाई मनपर्नेछ । यो किफायती मूल्यमा आएको छ भने स्वास्थ्य र सहायता सुविधाहरूले भरिएको छ ।
नेपाली बजारमा सूपथ मूल्यको एक्यूफिटका उत्पादनहरुलाई ग्राहकको रुचीअनुसार बिस्तार गर्ने क्रममा एक्यूफिट डब्लू ६ फिटनेस वेयरेबल लन्च गरेको छ । संगीत नियन्त्रण, कल र सन्देश नोटिफिकेसन, रिमाइन्डर, सामाजिक मिडिया सूचना, र क्यामरा नियन्त्रणलगायतका सुबिधाहरुले प्रयोगकर्ताहरुलाई फोन बाहिर झिकिरहनुपर्ने समय बचत गर्नेछ । हेभी बिल्ड २४०÷२८० रिजोल्युसन अनुपात आँखाको लागि एक सहजरुपमा हेर्नसकिने भ्यू हो र यो नेभिगेट गर्न सजिलो छ । डब्लू ६ स्मार्ट वाचलाई आईपी६८ रेटिङको साथ प्रमाणित गरिएको छ ,। यसको अर्थ यो पानी र धुलो प्रतिरोधी छ। पसिना र पौडी खेल्दा घडीलाई कुनै नोक्सान नहुने कम्पनीको दावी छ ।
२४÷७ स्वास्थ्य अनुगमनस् एक्यूफिट डब्लू ६ ले तिनीहरूको स्वास्थ्य र फिटनेस लक्ष्यहरूमा मद्दत गर्न प्रयोगकर्ताहरूको कदम, मुटुको गति, अक्सिजन स्तर, निद्राको गुणस्तर, क्यालोरी बर्न, र अन्य विषयहरु सक्रियरुपमा जाँच गर्न सहयोग गर्दछ । व्यापक स्पोर्ट्स मोड यो फिटनेस प्रेमीहरूको लागि उत्तम स्मार्टवाच हो । एक्यूफिट डब्लू ६ ले फुटबल, ब्याडमिन्टन, स्विमिङ, दौड, हाइकिङ, योग, साइकल चलाउने, लगायत अन्य १५ विभिन्न स्पोर्ट्स मोडहरू समावेश गर्दछ । डब्लू ६ ले सही रिडिङ्गहरू प्रदर्शन गर्दछ ।
लामो अवधि ब्याट्री लाइफस् स्मार्ट वाचले रियलटेकको नयाँ जेनरेशन चिपसेटद्वारा संचालित २०० एमएएच ब्याट्री फिचर गर्दछ । यो दैनिक प्रयोगको साथ ७ देखि १० दिन र स्ट्यान्डबाइमा ३० दिनसम्म रहन्छ । यसले कम ऊर्जा खपत गर्ने र ब्लुटुथ ५.० का साथ उच्च कार्यसम्पादन प्रदान गर्ने बाह्य उपकरणहरू समावेश गर्दछ ।