९ मंसिर, २०८१ आइतबार
08:19:27 AM
१ भदौ, २०७९
काठमाण्डौं । अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्करले नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिनुभएको छ । बुधबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष शपथ लिनुभएको हो ।
श्रावण २६ गते बसेको मन्त्रिपरिषद् बैठकले पुस्करलाई अर्थ सचिवमा नियुक्ति गर्ने निर्णय गरेको थियो । त्यस अघि उहाँ राजस्व सचिव हुनुहुन्थ्यो ।