९ मंसिर, २०८१ आइतबार

08:55:25 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हालसम्म कति बैंक तथा वित्तीय संस्था मर्जरमा सहभागी छन् ?

१ भदौ, २०७९

हालसम्म कति बैंक तथा वित्तीय संस्था मर्जरमा सहभागी छन् ?

काठमाडौं । आर्थिक वर्ष २०७८।७९ को अन्त्यसम्म कुल २४५ बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भएका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८।७९ को वार्षिक तथ्यांक अनुसार हालसम्म २४५ बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भएका छन् ।

राष्ट्र बैंकले वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराएपश्चात २०७९ असार मसान्तसम्म कुल २४५ बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भएको र यसमध्ये १७८ संस्थाहरुको इजाजत खारेज हुन गई ६७ संस्था कायम भएका छन्।

२०७८ असारसम्म ७५० स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तारमा २०७९ असारसम्म ७५२ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन्।

२०७९ असार मसान्तमा राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या १२६ रहेको छ । यसमध्ये २६ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६५ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक रहेका छन्।

२०७८ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या १० हजार ६८३ रहेकोमा २०७९ असार मसान्तमा ११ हजार ५२८ पुगेको छ।