१६ बैशाख, २०८१ आइतबार

01:44:08 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एक वर्षमा नेपालबाट ४१.७ प्रतिशतको निर्यात, व्यापार घाटा कति ? (पूर्णपाठसहित)

Nepal Business

१ भदौ, २०७९

एक वर्षमा नेपालबाट ४१.७ प्रतिशतको निर्यात, व्यापार घाटा कति ? (पूर्णपाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । उक्त तथ्यांक अनुसार गएको एक वर्षमा ४१.७ प्रतिशतले कुल वस्तु निर्यात बढेको छ ।

उक्त तथ्यांक अनुसार गएको एक वर्षमा कसल वस्तु निर्यात २०० अर्ब ३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो निर्यात ४४.४ प्रतिशतले वृद्धि भएको थियो ।

यस अवधिमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ४५.९ प्रतिशत र ३०.४ प्रतिशतले वृद्धि भएको छ  । 

यस्तै चीनतर्फको निर्यात भने २०.४ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, ऊनी गलैचा, धागो (पोलिष्टर तथा अन्य), जिंक शिट, जुस लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, अलैंची, चिया, औषधी (आयुर्वेदिक), तार लगायतका वस्तुको निर्यात घटेको छ ।

यस्तै गएको एक वर्षमा कुल वस्तु आयात २४.७ प्रतिशतले वृद्धि भई १९२० अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात २८.७ प्रतिशतले बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट २३.५ प्रतिशत, चीनबाट १३.२ प्रतिशत र अन्य मुलुकबाट ३६.३ प्रतिशत आयात वृद्धि भएको छ । 

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, स्पंज आइरन, सुन लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट, सिमेन्ट, धान तथा चामल, दाल, मेडिकल उपकरण लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ कन्चनपुर भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात समीक्षा वर्षमा वृद्धि भएको छ । आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।  

राष्ट्र बैंकका अनुसार एक वर्षमा कुल वस्तु व्यापार घाटा २३.० प्रतिशतले वृद्धि भई १७२० अर्ब ४२ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष यस्तो घाटा २७.३ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा निर्यात–आयात अनुपात १०.४ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ९.२ प्रतिशत रहेको थियो ।