९ मंसिर, २०८१ आइतबार

08:50:54 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ३९ हजार ९ सय कित्ता सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन सक्ने

१ भदौ, २०७९

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ३९ हजार ९ सय कित्ता सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन सक्ने

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको झन्डै ४० हजार कित्ता सेयर आज (बसधबार) बाट बिक्रीमा आएको छ । बैंकको संस्थापक समूहको ३९ हजार ९९१ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा आएको हो ।

सो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेश गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।

उक्त संस्थापक सेयरमा विद्यमान संस्थापक सेयरधनी, जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले भदौ ८ गतेसम्म बोलपत्र पेस गर्न सक्नेछन् ।