९ मंसिर, २०८१ आइतबार

09:27:21 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चालु आर्थिक वर्षको एक महिनामा २४ उद्योग दर्ता, लगानी कति ?

Nepal Business

१ भदौ, २०७९

चालु आर्थिक वर्षको एक महिनामा २४ उद्योग दर्ता, लगानी कति ?

काठमाण्डौं । चालु आर्थिक वर्षको साउन महिनामा ३८ अर्ब ११ करोड ३ लाख रुपैयाँ लगानीमा २४ वटा उद्योग दर्ता भएका छन् ।उद्योग विभागका अनुसार यस एक महिनामा साना ठूला र मझौला गरी २४ वटा उद्योग दर्ता भएका हुन्।

दर्ता भएका उद्योगमा साना उद्योग १० वटा मझौला उद्योग ५ वटा र ठूला उद्योग ९ वटा रहेका छन् । जसमा होटलदेखि हाइड्रोपावरसम्म रहेका छन्।

यस मध्ये काठमाण्डौंमा साउन महिनामा ४ अर्ब ३६ करोड २५ लाख रुपैयाँ लगानीमा ९ वटा उद्योग दर्ता भएका छन् । जसमा ५ करोड २५ लाख रुपैयाँ लगानीमा वल्र्डवाइड कन्सर्न कन्ट्रक्सन प्रालि, २ अर्ब ४० करोड रुपैयाँ लगानीमा बुढानिलकण्ढ हेरिटेज लिमिटेड र १५ करोड रुपैयाँ लगानीमा याङग याङग ईन्टरनेशनल कार्गो प्रालि रहेका छन्।  दर्ता भएका मध्ये सबैभन्दा धेरै उद्योग यहाँ रहेका छन्।

यस्तै काठमाण्डौंमा दर्ता भएका उद्योगमा १५ करोड रुपैयाँ लगानीमा मारिया होटल एण्ड रेष्टुरेन्ट, २० करोड रुपैयाँ लगानीमा युवान होटल एण्ड रेष्टुरेन्ट, १५ करोड रुपैयाँ लगानीमा हुवालिन होटल एण्ड रेष्टुरेन्ट रहेका छन् ।

यस्तै अन्य उद्योगहरुमा १६ करोड रुपैयाँ लगानीमा विज्ञापन टेक प्रालि, २० करोड रुपैयाँ लगानीमा आइपी लजिष्टिक्स प्रालि र एब अर्ब रुपैयाँ लगानीमा बिजे इन्भेष्टमेन्ट प्रालि रहेका छन् ।

यसैगरी ललितपुरमा ५ करोड रुपैयाँ लगानीमा ग्रीन इन्टेलीजेन्स नेपाल प्रालि, झापामा १ अर्ब ६९ करोड ७ लाख ७१ हजार रुपैयाँ लगानीमा होटल ईन्ष्टर्न नेपाल प्रालि, २ अर्ब ५१ करोड रुपैयाँ लगानीमा आयुष्मान होटल्स लिमिटेड खुलेका छन् ।

भक्तपुरमा ६ करोड रुपैयाँ लगानीमा लुवान स्टिल स्ट्रक्चर आर्किटेक्चरल डेकोरेशन डिजाइन इन्जिनियरिङ प्रालि दर्ता भएको छ । कास्कीमा १६ करोड ७५ लाख रुपैयाँ लगानीमा गौरीशंकर फुड्स प्रालि, सुनसरीमा ३२ करोड २८ लाख रुपैयाँ लगानीमा स्वस्तिक फ्लोर मिल्स प्रालि रहेका छन् । 

मोरङमा एक अर्ब ५० करोड रुपैयाँ लगानीमा जानकी पोलिकेम प्रालि कन्चनपुरमा १२ करोड २२ लाख रुपैयाँ लगानीमा एसजी खरी ढुंगा उद्योग, चितवनमा १८ करोड रुपैयाँ लगानीमा टायम ईट्टा उद्योग साउन महिनामा नै दर्ता भएको विभागको तथ्याङकमा उल्लेख छ ।