२१ बैशाख, २०८१ शुक्रबार

05:13:31 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य तोलामा ५ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

Nepal Business

१ भदौ, २०७९

सुनको मूल्य तोलामा ५ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौं । भदौ महिनाको पहिलो दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ । 

छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेर ९६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुनको मूल्य तोलाको ९६ हजार सात सय रुपैयाँ थियो । 

तेजाबी सुनको मूल्य पनि तोलामा पाँच सय रुपैयाँले घटेर तोलामा ९५ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुनको मूल्य तोलाको ९६ हजार दुई सय रुपैयाँ थियो । 

यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।