२१ बैशाख, २०८१ शुक्रबार

03:14:37 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

स्प्राइटको नेपालमा अहिलेसम्मको सबैभन्दा ठुलो प्रोमोसनल क्याम्पेन

Nepal Business

३१ साउन, २०७९

स्प्राइटको नेपालमा अहिलेसम्मको सबैभन्दा ठुलो प्रोमोसनल क्याम्पेन

काठमाण्डौं । नेपालको सर्वाधिकलोकप्रियलाइम–लेमन पेय पदार्थ स्प्राइटले आफ्नो अहिलेसम्मको सबैभन्दा ठुलो प्रोमोसनलक्याम्पेन स्प्राइट सँग जित्ने मौका ल्याएको छ ।

यस क्याम्पेन मार्फत स्प्राइटले आफ्ना उपभोक्ताहरुलाई हरेक घण्टा सामसङ ए०३एस स्मार्टफोन र हरेक हप्ता ४३ इन्चको सामसङ टेलिभिजन जित्ने मौका प्रदान गरेको छ।

यो योजना स्प्राइटमा मात्र नभएर कोका–कोला र फ्यान्टाको पेट बोतलहरुमा पनि लागु हुनेछ । जसले यो क्याम्पेनलाई कोका–कोला नेपालको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रोमोसनल क्याम्पेन बनाएको छ ।

उपभोक्तासँग आफ्नो सम्बन्ध अझ नजिक बनाउन र उनीहरुलाई रमाइलो र यादगार क्षणहरु प्रदान गर्न कोका–कोला नेपाल सदैव केही न केही गरिरहेको हुन्छ र यो योजना त्यस्तै एक प्रयास हो ।  

यो अफरमा सहभागि हुनको लागि उपभोक्ताहरूले बोतलको प्रमोशनल लेबलमा रहेको क्वीआर कोड स्क्यान गरी त्यसको पछाडि भएको सिरियल नम्बर र आफ्नो मोबाइल नम्बर प्रदान गर्नुपर्ने हुन्छ । 

अथवा, उक्त सिरियल नम्बर र आफ्नो मोबाइल नम्बर ३४९४९ मा पनि एसएमएस गर्नुपर्ने हुन्छ ।

यो अफर स्प्राइट, कोका–कोला र फ्यान्टाको २५० मिलि, ५०० मिलि, १.५ लिटर र २.२५ लिटर पेट बोतलहरुमा नेपाल भरी लागु हुनेछ । साउनबाट शुरु भएको यो अफर असोज ९ गतेसम्म लागु हुनेछ । बजारमा यो अफर लागु नहुने बोतलहरु पनिउपलब्ध छन्।

पुरस्कार दावी गर्नको लागि उपभोक्ताले आफ्नो लेबल सुरक्षित राख्नुपर्ने छ ।