९ मंसिर, २०८१ आइतबार

07:42:58 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गर्यो नयाँ ब्यादर, कुन खातामा कति ब्याज ?

३१ साउन, २०७९

राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गर्यो नयाँ ब्यादर, कुन खातामा कति ब्याज ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भोली (भदौ १ गते, बुधबार) देखि लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ९.०३ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकले मुद्दति निक्षेपको ब्याज न्यूनतम १०.०३ प्रतिशतदेखि अधिकतम १२.०३ प्रतिशतसम्म तोकेको छ ।

रेमिट्यान्स बचत खातामा ९.०३ प्रतिशत र रेमिट्यान्स मुद्दती खातामा १२.०३ प्रतिशत व्याज दिने बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरमा उल्लेख छ । नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ७.८६ प्रतिशत रहेको छ ।

बैकले संस्थागत मुद्दती निक्षेपको ब्याज १ प्रतिशतले घटाएको छ भने अन्य सबै खातामा साउनकै ब्याजदरलाई निरन्तरता दिएको छ ।