९ मंसिर, २०८१ आइतबार
07:26:23 AM
३१ साउन, २०७९
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भोलि (भदौ १ गते, बुधबार) देखि लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । बैकले संस्थागत मुद्दती निक्षेपको ब्याज १ प्रतिशतले घटाएको छ भने अन्य सबै खातामा साउनकै ब्याजदरलाई निरन्तरता दिएको छ ।
बैंकले सार्वजनिक गरेको उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ८.१० प्रतिशतसम्म ब्याज दिनेछ । बैंकले मुद्दति निक्षेपको व्याज न्यूनतम ९.०३ प्रतिशत देखि अधिकतम ११.०३ प्रतिशतसम्म तोकेको छ । रेमिटान्स मुद्धती निक्षेपमा १२.०३ प्रतिशतसम्म ब्याज दिने बैंकले सार्वजनिक गरेको उक्त व्याजदरमा उल्लेख छ ।