८ मंसिर, २०८१ शनिबार

07:50:09 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दुई रुपैयाँको सिक्का बनाउन ३ रुपैयाँ खर्च

Nepal Business

३ माघ, २०७८

दुई रुपैयाँको सिक्का बनाउन  ३ रुपैयाँ खर्च

काठमाण्डौ । 
गत पुष ३० गतेदेखी पछिल्लो पटक नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याएको २ रुपैयाँको सिक्का बनाउन ३ रुपैयाँ खर्च भएको राष्ट्र बैंकले जनाएको छ । सिक्कामा प्रयोग भएको धातु, डिजाईन, छपाई लगाएतका खर्च जम्मा ३ रुपैयाँ खर्च भएको राष्ट्रबैंक स्रोतले जनाएको छ ।

यूकेमा छापिएको सिक्काको छपाई देखी ढुवानी गरेर बजारमा पठाउँदासम्मको अन्य प्रशासनिक खर्चको बारेमा भने खुलाईएको छैन ।

यूकेमा छापिएको सिक्काको छपाई देखी ढुवानी गरेर बजारमा पठाउँदासम्मको अन्य प्रशासनिक खर्चको बारेमा भने खुलाईएको छैन । यस अघि पनि लामो समय प्रयोगमा आएको सिक्का निर्माण पहिले नेपालको टक्सार विभागमा निर्माण भएपनि पछिल्लो समय टक्सार विभाग नरहेको अवस्थामा सिक्का निर्माणको गर्ने कार्य विदेशमा हुँदै आएको छ । आफ्नै मूल्य भन्दा बढि मूल्य पर्ने २ रुपैयाँको प्रयोग पछिल्लो समय कम हुँदै गएको छ । 
बैंकले तत्कालका लागि २ रुपैयाँका ४ करोड सिक्का, ८ करोड रुपैयाँ बराबरको बजारमा पठाएको जानकारी दिएको थियो । सिक्कामा नेपालको नक्सा, नेपालको झण्डा, शंख, जानकी मन्दीर, नेपाली अंग्रेजी दुवै भाषामा लेखिएको अक्षर लगाएत रहने राष्ट्र बैंकले जारी गरेको जानकारीमा उल्लेख छ ।
बैंकले यस अघि पनि २ रुपैयाँको सिक्का प्रयोगमा ल्याएको थियो । यस अघि प्रयोगमा ल्याइएको सिक्कामा तत्कालिन राजाको नाम राख्ने गरिन्थ्यो भने गणतन्त्र पछि जारी गरिएका सिक्कामा सगरमाथा, जानकी मन्दीर, चन्द्र सूर्य लगाएतका नेपाललाई चिनाउने विभिन्न आकृति राख्ने गरिएको थियो । केही वर्ष सिक्काको मूल्य भन्दा सिक्का बनाउने मूल्य बढि भएको भन्दै सिक्का जारी नगरेको राष्ट्र बैंकले फेरी सिक्का प्रयोगमा ल्याएको हो ।