९ मंसिर, २०८१ आइतबार

07:10:20 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ट्रेजरी बिल्सको ब्याजदर १० प्रतिशतले घट्यो

Nepal Business

३१ साउन, २०७९

ट्रेजरी बिल्सको ब्याजदर १० प्रतिशतले घट्यो

काठमाण्डौं । नेपाल राष्ट्र बैंकको हस्तक्षेपले ट्रेजरी बिल्सको ब्याजदर १० प्रतिशतले घटाएको छ । 

सोमबार राष्ट्र बैंकले २८ को ५ अर्ब,९१ दिनको २ अर्ब तथा १८२ दिनको ६ अर्बको ट्रेजरी बिल्स नवीकरण अन्तर्गत बिक्री गर्न खोजेको थियो । बैंकहरुले बढी ब्याजदर प्रस्ताव गरेपछि राष्ट्र बैंकले २८ दिनको १ अर्बमात्र बैंकलाई बिक्री गरेर ४ अर्ब आफैं खरिद गरेको छ ।

यस्तै ९१ दिनको ७ करोड ५० लाखको बैंक तथा वित्तीय संस्थालाई बिक्री गरेर १ अर्ब ९२ करोड ५० लाखको खरिद गरको छ । १८२ दिन २६ करोडको बैंक तथा वित्तीय संस्थालाई बिक्री गरेर ५ अर्ब७४ करोड रुपैयाँको ट्रेजरी बिल्स आफैं खरिद गरेको छ ।

बैंकहरुले २८ दिनको ट्रेजरी बिल्समा ८.९९ प्रतिशत ब्याजदर पाएका छन् । १८२ दिनको ९.५० तथा १८२ दिनको ९.८० देखि ९.९९ प्रतिशतसम्म ब्याजदर पाएका छन् ।

ट्रेजरी बिल्सको ब्याजदर जेठदेखि १० प्रतिशतभन्दा माथि लागेको थियो । साउन ८ गते नवीकरणको लागि बिक्री भएको ट्रेजरी बिल्समा १४ प्रतिशतसम्म ब्याजदर बैंक तथा वित्तीय संस्थाले पाएका थिए । त्यसपछि भने राष्ट्र बैंकले ट्रेजरी बिल्स आफैं खरिद गर्न थालेको हो ।