९ मंसिर, २०८१ आइतबार

07:33:05 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

स्ट्यान्डर्ड चार्टड बैंकले घटाएर सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुन खातामा कति ?

३१ साउन, २०७९

स्ट्यान्डर्ड चार्टड बैंकले घटाएर सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुन खातामा कति ?

काठमाडौं । स्ट्यान्डर्ड चार्टड बैंक लिमिटेडले विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भोली (भदौ १ गते, बुधबार) देखि लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैकले संस्थागत मुद्दती निक्षेपको ब्याज १ प्रतिशतले घटाएको छ भने अन्य सबै खातामा साउनकै ब्याजदरलाई निरन्तरता दिएको छ ।

बैंकले सार्वजनिक गरेको उक्त नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ६.१५ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ८.०३ प्रतिशत देखि अधिकत ११.०३ प्रतिशत तोकेको छ । नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ८.८१ प्रतिशत रहेको छ ।