२१ बैशाख, २०८१ शुक्रबार

01:52:54 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य तोलामा ७ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

Nepal Business

३१ साउन, २०७९

सुनको मूल्य तोलामा ७ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौं । सुनको मूल्य मंगलबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको छ ।

छापावाला सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेर ९६ हजार सात सय रुपैयाामा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको मूल्य तोलाको ९७ हजार चार सय रुपैयाँ थियो ।

तेजाबी सुनको मूल्य पनि तोलामा सात सय रुपैयाँले घटेर ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुनको मूस्ल्य तोलाको ९६ हजार नौ सय रुपैयाँ थियो ।

यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार २२० रुपैयाँमा किनबेच भइरहेको छ ।