९ मंसिर, २०८१ आइतबार
07:04:22 AM
३१ साउन, २०७९
काठमाडौं । नेपाल बैंक लिमिटेडले विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भोलि (भदौ १ गते, बुधबार) बाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
बैंकले सार्वजनिक गरेको उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ९.०३ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ९.०३ प्रतिशत देखि अधिकतम ११.०३ प्रतिशतसम्म तोकिएको छ । रेमिट्यान्स बचत खाता र मुद्दति खातामा क्रमश ९.०३ र १२.०३ प्रतिशत ब्याज दिने बैंकले सार्वजनिक गरेको उक्त खातामा उल्लेख छ । नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ७.९९ प्रतिशत रहेको छ ।