९ मंसिर, २०८१ आइतबार
07:33:12 AM
३० साउन, २०७९
काठमाण्डौं । नेपाल राष्ट्र बैंकले क्रिप्टो, भर्चुअल करेन्सी, नेटवर्क मार्केटिङमा लगानी नगर्न सार्वजनिक सूचना जारी गरेको छ । सोमबार राष्ट्र बैंकले यस्ता उपकरणहरु जोखिमा रहेको तथा पैसा डुब्ने भन्दै सर्वसाधारणलाई सचेत गराएको हो ।
यसअघि तीन पटकसम्म राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै भर्चुअल करेन्सीमा लगानी नगर्न अनुरोध गरेको थियो । यस्ता उपकरणमा लगानी गर्ने कम्पनी तथा फर्मलाई विदेशी विनिमय गर्ने ऐन २०१९ को दफा १९ अनुसार कारवाहीमा परिने सूचनामा उल्लेख छ ।