९ मंसिर, २०८१ आइतबार
07:36:20 AM
३० साउन, २०७९
काठमाण्डौं । बैंकिंङ प्रणालीमा साउनको चौथो साता निक्षेप घटेको छ । बैंकसै संघका अनुसार एक सातामा बाणिज्य बैंकहरुको निक्षेप २५ अर्बले घटेको छ ।
साउन २० गते बैंकहरुको निक्षेप ४४ खर्ब ४६ अर्ब रहेकोमा साउन २७ गतेसम्ममा बैंकहरुको निक्षेप २५ अर्बले घटेर ४४ खर्ब २१ अर्ब पुगेको संघले जनाएको छ । यस अवधिमा कर्जा प्रवाह भने ९ अर्बले बढेको छ ।
संघका अनुसार साउन २० गते बैंकहरुको कर्जा प्रवाह ४१ खर्ब ६६ अर्ब रहेकोमा साउन २० गतेसम्ममा बैंकहरुको कर्जा प्रवाह ९ अर्बले बढेर ४१ खर्ब ७५ अर्ब पुगेको छ । यस अवधिमा बैंकहरुको सिडी रेसियो ८८.३५ प्रतिशत रहेको संघले जनाएको छ ।
साउन महिना सुरु भएपछिको ४ साताको अवधिमा बैंकको निक्षेप १ खर्ब २० अर्बले घटेको छ । असार ३२ गते बैंकहरुको निक्षेप ४५ खर्ब ४१ अर्ब रहेकोमा साउन २७ गतेसम्मको अवधिमा बैंकहरुको निक्षेप घटेर ४४ खर्ब २१ अर्ब पुगेको संघले जनाएको छ ।