६ जेठ, २०८१ आइतबार

10:04:15 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

युवा संघद्धारा काठमाडौंका विभिन्न स्थानमा फोहोर संकलन

Nepal Business

३० साउन, २०७९

युवा संघद्धारा काठमाडौंका विभिन्न स्थानमा फोहोर संकलन

काठमाण्डौं । नेकपा एमालेका भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौंका विभिन्न स्थानमा फोहोर  संकलन गरेको छ । लामो समयसम्म पनि उपत्यकाको फोहोर  व्यवस्थापनमा राज्यको ध्यान जान नसकेको भन्दै प्रतिकात्मक रुपमा फोहोर  संकलन गरिएको युवा संघले जनाएको छ ।

फोहोरले दुर्गन्ध बढेको र विभिन्न रोगको खतरा बढेकाले राज्यलाई झकझकाउन फोहोर  संकलन कार्य सुरु गरिएको राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले जानकारी दिनुभयो ।

फोहोर संकलन उपत्यकाका विभिन्न स्थानमा निरन्तर चल्ने र फोहर विसर्जन गर्ने स्थलसम्म पुराईने उहाँले बताउनुभयो । उहाँले फोहर विसर्जनका विषयमा यसअघि पनि विवाद भएपनि यसपटक भने यसलाई व्यवस्थापन गर्न महानगर चूकेको जस्तो देखिएको बताउनुभयो ।

सत्तारुढ दलहरुले नै फोहोर  विसर्जनमा अवरोध सिर्जना गर्न खोजेकाले सबै समस्याको समाधान राज्यले खोज्नुपर्ने पौडेलको भनाइ छ ।