९ मंसिर, २०८१ आइतबार
07:36:56 AM
३० साउन, २०७९
काठमाडौं । विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि भदौ महिनामा ब्याजदर नबढाउने भएका छन्। ब्याज बढाउँदा पनि निक्षेप नबढ्ने भएपछि विकास बैंक र फाइनान्सले पनि भदौका लागि निक्षेपमा ब्याजदर नबढाउने निर्णय गरेका हुन् ।
विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन डेभलपमेन्ट बैकर्स एसोशियसनले भदौ महिनमा पनि निक्षेपको ब्याजदर नबढाउने निर्णय गर्दै हालकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेको छ । संस्थागतर्फ मुद्दति निक्षेपको ब्याजदर भने राष्ट्र बैंकले नियमअनुसार घटाएर नयाँ ब्याजदर प्रकाशित गर्नेछन् ।
यसअघि आज बिहान बसेको नेपाल बैंकर्स एसोसिएसन ९एनबीए०को बैठकले भदौमा वाणिज्य बैंकहरुको ब्याजदर नबढाउने निर्णय गरेको थियो।