९ मंसिर, २०८१ आइतबार
07:03:45 AM
३० साउन, २०७९
काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको छ । बैंकले ५ वर्ष पुरानो नगद लाभांश लिन सेयरधनीहरुलाई आग्रह गरेको हो ।
बैंकसंग मर्ज भएका साविकका युनाइटेड फाइनान्स र नेपाल बंगलादेश बैंकका केहि सेयरधनीहरुले ५ बर्ष पुरानो लाभांशहरु हालसम्म पनि नलिएकोले उक्त लाभांश लिन बैंकले सेयरधनीहरुलाई आग्रह गरेको हो । उक्त नगद लाभांश लिनका लागि सेयरधनीहरूले सेयर रजिष्ट्रारको कार्यालय नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्साल काठमाडौंमा सम्पर्क गर्ने सक्नेछन् ।
तोकिएको समयभित्र नगद लाभांश लिन नगएमा प्रचलित कानुन बमोजिम उक्त नगद लाभांश बापतको सम्पूर्ण रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्न पठाइने समेत बैंकले जनाएको छ ।