६ जेठ, २०८१ आइतबार

12:52:54 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सोमबार कुन–कुन क्षेत्रमा हुँदैछ वर्षा ?

Nepal Business

३० साउन, २०७९

सोमबार कुन–कुन क्षेत्रमा हुँदैछ वर्षा ?

काठमाण्डौं । देशभर आंशिक देखि सामान्य बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार प्रदेश १ लगाएत देशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू भागमा आंशिक देखि सामान्य बदली रहनेछ ।

मौसम विभागका अनुसार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

प्रदेश १ को थोरै स्थानहरुमा तथा मधेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

केहि स्थानहरुमा भारी वर्षाको सम्भावना भएकाले रहेकाले नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनअनुरोध गरेको छ ।