९ मंसिर, २०८१ आइतबार

08:57:17 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भदौमा पनि निक्षेपको ब्याजदर नबढाउने एनबीएको निर्णय

Nepal Business

३० साउन, २०७९

भदौमा पनि निक्षेपको ब्याजदर नबढाउने एनबीएको निर्णय

काठमाडौं । नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले भदौमा पनि वाणिज्य बैंकहरुको निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको छ। आज (सोमबार) बसेको वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुको बैठकले भदौ महिनाका लागि पनि ब्याजदर नबढाउने निर्णय गरेको हो ।

बैंकहरुले ब्याजदर नबढाएपछि संस्थागत मुद्दती निक्षेपको ब्याजदर भने घट्ने भएको छ। राष्ट्र बैंकले बैंकहरुले ब्यक्तिगत मुद्दती निक्षेपको भन्दा संस्थागत मुद्दती निक्षेपको ब्याजदर २ प्रतिशत कम हुनुपर्ने व्यवस्था गरेको छ। यसले गर्दा अब संस्थागत मुद्दती निक्षेपको ब्याजदर भने ९.०३ प्रतिशतमा झर्ने भएको छ। भदौ महिनामा बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा ११.०३ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा ९.०३ प्रतिशतसम्म ब्याज दिनेछन् । यस्तै रेमिट्यान्समा १२.०३ प्रतिशत ब्याजदर रहेको छ।