२१ बैशाख, २०८१ शुक्रबार

09:53:32 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शिवम् सिमेन्टको नाफा ५१.२० प्रतिशतले घट्यो

Nepal Business

३० साउन, २०७९

शिवम् सिमेन्टको नाफा ५१.२० प्रतिशतले घट्यो

काठमाण्डौं । शिवम् सिमेन्ट लिमिटेडको नाफा घटेको छ । गत आर्थिक वर्षमा कम्पनीको नाफा ५१.२० प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ६८ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ४१ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । आम्दानी घटेसँगै खर्च बढेका कारण कम्पनीको नाफा उल्लेख्य घट्न पुगेको हो ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३.६९ प्रतिशत घटेको छ भने अन्य आम्दानी ३२१.५२ प्रतिशत बढेको छ । 

यस्तै कम्पनीको कुल सञ्चालन आम्दानी २.१७ प्रतिशत घटेको छ भने कुल खर्च ८.४४ प्रतिशत बढेको छ । ४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष समीक्षा अवधिमा १०.६० प्रतिशत घटेको छ ।

यस्तै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ । यस अवधिमा कम्पनीको यस्तो आम्दानी १६ रुपैयाँ ४४ पैसा घटेर १५ रुपैयाँ ६७ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०९ रुपैयाँ ८२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४८.५० गुणा रहेको छ ।