२१ बैशाख, २०८१ शुक्रबार

12:21:01 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल टेलिकमको नाफा ८ अर्ब ३८ करोड, अन्य वित्तिय अवस्था कस्तो ?

Nepal Business

३० साउन, २०७९

नेपाल टेलिकमको नाफा ८ अर्ब ३८ करोड, अन्य वित्तिय अवस्था कस्तो ?

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

टेलिकमले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीको खुद मुनाफा ८ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।  यो अवधिमा कम्पनीको खुद मुनाफा १७.५४ प्रतिशतले बढेको हो ।  अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको नाफा ७ अर्ब १२ करोड ९४ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ५ प्रतिशतले बढेर ४४ अर्ब ३२ करोड १३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको कुल आम्दानी ४२ अर्ब २० करोड ९९ लाख रुपैयाँ थियो ।

यो अवधिमा कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी बढेर ६ अर्ब ४३ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष अन्य स्रोतबाट हुने आम्दानी ६ अर्ब २७ करोड रुपैयाँ थियो।

हाल कम्पनीको चुक्ता पूँजी १८ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा रकम बढेर ७७ अर्ब ६ करोड ३२ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ५६ पैसा रहेको छ । सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ५२८ रुपैयाँ १३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १८.१८ गुणा रहेको छ।