९ मंसिर, २०८१ आइतबार

08:34:34 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भर्ने होइन त ? भदौ ८ गतेदेखि आईपीओ निष्कासन गर्दै खप्तड लघुवित्त

Nepal Business

३० साउन, २०७९

भर्ने होइन त ? भदौ ८ गतेदेखि आईपीओ निष्कासन गर्दै खप्तड लघुवित्त

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ८ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्रि खुल्ला गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने बाँकी १ लाख २३ हजार ४०० कित्ता सर्वसाधारण आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार ३२० कित्तासम्मका लागि छिटोमा भदौ १२ गतेसम्म र ढीलोमा भदौ ७ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

केयर रेटिङ्गस नेपालले लघुवित्तको आईपीओलाई  'केयरएनपी डबल बी माइनस इस्यूअर’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ ।