१२ बैशाख, २०८१ बुधबार

05:38:51 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

तोरीको तेललाई ब्राण्ड बनाइने, मानन्धर समुदाय उत्साहित

३ माघ, २०७८

तोरीको तेललाई ब्राण्ड बनाइने, मानन्धर समुदाय उत्साहित

भक्तपुर

भक्तपुरका मानन्धर समुदाय तोरीको तेललाई ब्राण्ड बनाउन जुटेका छन् । लोप हुन लागेको स्थानीय उत्पादन तोरीको तेललाई ब्राण्ड बनाउन मानन्धर समुदाय अघि बढेको हो । 

भक्तपुर चेम्बर अफ कमर्सको सहकार्यमा हराइसकेको परम्परागत पेशालाई पुनर्उत्थान गर्न मानन्धरहरू अघि बढेको भक्तपुर चेम्बरका अध्यक्ष न्हुछेरत्न मानन्धर बताउनुहुन्छ । तोरीको तेललाई ब्राण्ड बनाउने तर्फ भक्तपुर, मध्यपुर तथा सूर्यविनायक नगरपालिकाका विभिन्न टोलमा बसोबास गर्दै आएका मानन्धरहरू जुटेका छन् । उँहाहरुको यो पुरखौली पेशा हो ।

चेम्बरका अध्यक्ष  मानन्धरले मानन्धर समुदायको पुर्ख्यौली पेशाको रूपमा रहेको तोरीको तेल उत्पादन गर्ने घरेलु उद्योगलाई अब सामुहिक लगानीमा कम्पनीको रूपमा विकास गर्ने बताउनुभयो । 
उँहाले भन्नुभयो, ‘लोप हुने तरखरमा रहेको मानन्धर समुदायको पुर्खौली पेशाको रूपमा रहेको तोरीको तेल उत्पादन गर्ने घरेलु उद्योगलाई अब सामुहिक लगानीमा कम्पनीको रूपमा विकास गर्छाैं ।’ 

उँहाले साना उद्योगको रूपमा रहेको तोरीको तेल उत्पादन गर्ने पेशा पुँजी तथा कच्चा पदार्थको अभाव, मौलिक उत्पादनको गुणस्तर सम्बन्धि गुणदोष बुझाउन नसकेर आधुनिक बजारबाट लोप हुँदै गएको उहाँको दावी छ । उँहाका अनुसार यसका लागि मानन्धर समुदायसँग छलफल गरेको र दोस्रो चरणमा गरिने कार्यक्रममा अन्य व्यवसाय गर्दै आएका व्यवसायीहरूलाई समेट्ने छौँ । 

पुर्खौली पेशा अँगाल्दै आएका साःकोलान टोल, टेखाच्व, तःपालाछि, गोमारी तथा मध्यपुरको चोडे टोलका व्यवसायीहरू आफ्नो पुर्खौली पेशालाई ब्राण्ड बनाउने कुराले निकै खुसी छन् । व्यवसायी आशाकाजी मानन्धरले आफ्नो पेशालाई ब्राण्ड बनाउने कुरामा आफू निकै उत्साहित भएको बताउनुभयो ।स्थानीय उत्पादनलाई ब्राण्ड बनाउने तर्फ अरु संघ–सस्थाहरुले प्रयास नगरेका होइनन्, गरिरहेका छन् ।

तोरीको तेल मात्र होइन, अन्य स्थानिय उत्पादनलाई पनि ब्राण्ड बनाएर करको दायरामा ल्याउन सकिने अध्यक्ष मानन्धर बताउनुहुन्छ । भक्तपुरको जुजु धौ, कालो टोपी, ह्याण्डी क्राफ्ट, लोकल रक्सी, चिउरा, चाकु लगायतका स्थानिय उत्पादनलाई करको दायरमा ल्याएर वैध बनाउँदै लानुपर्ने देखिन्छ ।

सरकारी नीति तथा प्रोत्साहन अभावले करिब उस्तै उत्पादनहरू विदेशबाट आयात गरि उपभोग गर्दा नेपाली मुद्रा बाहिरिरहेको छ । जुन राष्ट्रहित विपरित छ । अब त्यस्ता उत्पादनलाई वैध बनाएर उद्योगको रूपको विकास गर्नसके रोजगारी सिर्जना गरी स्थानिय उत्पादनले अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न ससकिने अध्यक्ष मानन्धर बताउनुहुन्छ ।

भक्तपुर चेम्बरले जिल्लाका जुझारू युवाहरूलाई समेटेर परम्परागत पेशालाई लोप हुनबाट बचाउने अभिया नै सञ्चालन गर्ने योजना बनाएको छ । त्यसैले पुर्खौली पेशाको रूपमा रहेको तोरीको तेल उत्पादन, बजारीकरण तथा ब्राण्ड बनाउनको लागि संघले अध्ययन समिति बनाएको छ । सो समितिमा संयोजकका रुपमा अध्यक्ष न्हुछेरत्न मानन्धर, सदस्यहरुमा बाबुकाजी मानन्धर, रामबहादुर मानन्धर, ज्ञानेन्द्र मानन्धर, उमेश मानन्धर, आनन्द मानन्धर र राजेश मानन्धर रहेका छन् ।