२६ बैशाख, २०८१ बुधबार

10:30:22 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ग्लोकल २० अन्डर २० को सूची सार्वजनिक

Nepal Business

२९ साउन, २०७९

ग्लोकल २० अन्डर २० को सूची सार्वजनिक

काठमाण्डौं । वाई वाईसँगको संयोजनमा ग्लोकल टीन हिरो नेपालअन्तर्गत ग्लोकल २० अन्डर २० को सूची सार्वजनिक भएको छ । वाई वाई ग्लोकल टीन हिरो नेपालसातौं संस्करणनमा आवेदन दिने प्रतिभावान किशोरकिशोरीबाट उत्कृष्ट २० छनोट गरिएको हो । 

समाजमा रहेका असाधारण युवाहरुको पहिचान र सम्मानगर्नु नै यस कार्यक्रमको उद्देश्य रहेको जनाइएको छ । उनिहरुलाई ग्लोकल २० अन्डर २० भनीपहिचानगरिएको छ र उक्त सूची सामाजिक सन्जालमार्फत सार्वजनिक गरिएको हो । देशभरि बाट आएको ६४८ आवेदनबाट २० छानिएका हुन् । 

२० अन्डर २० किशोरकिशोरीहरु समाजसेवा, बालअधिकार,कृषि, मिडिया, पत्रकारिता, विज्ञान, साहित्य, प्रविधि र उद्यमशीलता, वातावरण संरक्षण लगायतका विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन । 

ग्लोकल प्रालीका कार्यकारी निर्देशक आशिष ठाकुर भन्नुहुन्छ, ‘हरेक नयाँ बर्षसँगै नयाँ प्रतिभावान किशोर किशोरीहरु ग्लोकलसँग जोडिने गर्छन् । नेपालभरीबाट विभिन्न क्षेत्रमा सक्रिय रुपमा काम गर्दै आएका यी प्रतिभाशाली किशोरकिशोरीहरुको छनोट तथा पहिचन गराउन पाउदा हामी उत्साहित छौं ।’

साथै उत्कृष्ट ६ को घोषणा अगस्ट १९ तारिकमा हुनेछ । चयन भएका युवाहरुको सम्मान वाई वाई ग्लोकल टिन हिरोको सेप्टेम्बर १ मा हुने अनलाईन अवार्ड महोत्सव र सम्मेलनमार्फत हुने भएका छन् ।

यस वर्षका उत्कृष्ट किशोर किशोरीको सूची 

१) आमोद पौडेल, रुपन्देही, प्राविधिक कार्यकर्ता

२) आशिषशाह, धनुषा, शिक्षा प्राविधिक

३) विधाता पाठक, नुवाकोट, सामाजिक कार्यकर्ता

४) विमर्ष पौडेल, चितवन, चलचित्र निर्माता

५) बिनिता ढकाल, गोरखा, सामाजिक उद्यमी

६) विष्णुकुमार शाह, धनुषा, शिक्षा अभियन्ता

७) दर्शना रिजाल, मोरङ, महिला अधिकारकर्मी

८) गंगा साह, महोत्तरी, महिला शिक्षा कार्यकर्ता

९) कुणाल साह, मोरङ, प्राविधिक–अन्तरप्रेनर

१०) लकी साह, महोत्तरी, प्राविधिक उत्साही

११) निश्चल सिंह विष्ट, धनकुटा, इकोप्रिन्योर

१२) पृथका श्रेष्ठ, चितवन, सामाजिक अभियन्ता

१३) राहुल मण्डल, धनुषा, प्राविधिक शिक्षाविद्

१४) राहुल रञ्जन शाह, धनुषा, खगोल विज्ञान प्रेमी

१५) रञ्जन शंकर, तेह्रथुम, स्टिम शिक्षा अधिवक्ता

१६) सम्पन्न ज्योतितुलाधर, काठमाडौं, शिक्षा अभियन्ता

१७) समृद्धि देव, मकवानपुर, कलाकार

 १८)        संस्कृति दुवाडी, काठमाडौं, लैङ्गिक कार्यकर्ता

१९) सर्वज्ञ भट्टराई, काठमाडौं, स्वास्थ्य कार्यकर्ता

२०) सृजना गौतम, मोरङ, सामाजिक कार्यकर्ता