१६ कार्तिक, २०८१ शुक्रबार
05:21:26 PM
२९ साउन, २०७९
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८।७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ ।
लघुवित्तले सार्वजनिक गरेको उक्त विवरण अनुसार चालु आर्थिक वर्षको चौथो त्रैमाससम्ममा संस्थाले ७० करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १३.०९ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले ६१ करोड ९४ लाख ८२ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।
चौथो त्रैमाससम्ममा सस्थाको सञ्चालन मुनाफा ९६ करोड ४८ लाख २१ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ८४ करोड १७ लाख ९३ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।
समिक्षा अवधिमा संस्थाको खुद व्याज आम्दानी १४.९० प्रतिशतले बढेर १ अर्ब ६६ करोड ७५ लाख ४५ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले १ अर्ब ४५ करोड १३ लाख ३५ हजार रूपैयाँ ब्याज आम्दानी गरेको थियो ।
त्यस्तै, संस्थाको चुक्ता पुँजी १ अर्ब १२ करोड २१ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा १ अर्ब २५ करोड ४० लाख ७० हजार रुपैयाँ रहेको छ भने संस्थाको खराब कर्जा (एनपिएल) घटेर २.९० प्रतिशत पुगेको छ ।
संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ६२ रुपैयाँ ४३ पैसा र प्रतिसेयर नेटवर्थ ३०० रुपैयाँ ८७ पैसा रहेको छ ।