९ मंसिर, २०८१ आइतबार

08:19:24 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एक वर्षमा हिमालयन डिष्टिलरी कम्पनीको नाफा १.३३ प्रतिशतले बढ्यो

Nepal Business

२९ साउन, २०७९

एक वर्षमा हिमालयन डिष्टिलरी कम्पनीको नाफा १.३३ प्रतिशतले बढ्यो

काठमाण्डौं । गत आर्थिक वर्षमा हिमालयन डिष्टिलरी लिमिटेडको खुद नाफा १.३३ प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीले १ अर्ब ५ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको हो ।

अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीको यो नाफा १ अर्ब ४ करोड रुपैयाँभन्दा बढी थियो ।

कम्पनीको चौथो त्रैमासको वित्तीय तथ्यांक अनुसार सञ्चालनबाट अघिल्लो वर्षभन्दा साढे १६ प्रतिशत बढी ७ अर्ब ५८ करोड रुपैयाँआम्दानी गरेको कम्पनीको सञ्चालन नाफा भने ०.५० प्रतिशत कम १ अर्ब ४६ करोड रुपैयाँभन्दा बढी भएको छ ।

गत वर्ष कम्पनीले ७५ प्रतिशत बोनस सेयर र कर प्रयोजन समेत २५ प्रतिशत नगद लाभांश गरी शतप्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीको जगेडा कोष रकम भने साढे १६ प्रतिशत बढेर १ अर्ब ३२ करोड रुपिैयाँभन्दा बढी कायम भएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ६९.५० रहेको छ भने प्रतिसेयर नेटवर्थ १८७.२२ रुपैयाँ रहेको कम्पनीको तथ्यांकमा उल्लेख छ ।