२६ बैशाख, २०८१ बुधबार

06:09:14 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य तोलामा ५ सयले बढ्यो, तोलाको कति पुग्यो ?

Nepal Business

२९ साउन, २०७९

छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९७ हजार आठ सय रुपैयाँमा कारोबार

सुनको मूल्य तोलामा ५ सयले बढ्यो, तोलाको कति पुग्यो ?

काठमाण्डौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको हो । 

छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९७ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । गएको शुक्रबार छापावाला सुनको मूल्य तोलाको ९६ हजार तीन सय रुपैयाँ थियो । 

तेजाबी सुनको मूल्य पनि तोलामा पाँच सय रुपैयाँले बढेर ९७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । गएको शुक्रबार तेजाबी सुनको मूल्य तोलाको ९६ हजार आठ सय रुपैयाँ थियो । 

यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।