२० बैशाख, २०८१ बिहिबार

08:40:48 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भक्तपुरमा यसरी शुरु भयो तान्त्रिक भैरव नाच...

Nepal Business

२८ साउन, २०७९

आज रातिनै विभिन्न टोलमा चार दिन चार रात अपराह्नदेखि रातिसम्म सञ्चालन हुने भैरव नाच सबैको सहयोग र एक महिनादेखिको अथक तयारी एवं प्रयासबाट सञ्चालन गरिएको लाय्कू भैल सञ्चालन समितिले जनाएको छ ।

भक्तपुरमा  यसरी शुरु भयो तान्त्रिक भैरव नाच...

भक्तपुर, 

पैँतालिस वर्षसम्म बन्द भएर लोपोन्मुख अवस्थामा पुगेपछि स्थानीयवासीको पहलमा सुरु भएको मल्लकालीन तान्त्रिक लाय्कू भैल  अर्थात् भैरव नाच यस वर्ष शनिबार राती ८ बजेदेखि सुरु भएको छ । 

मध्यपुरथिमिको लाय्कू दरबारबाट निस्किएर बालकुमारी मन्दिर प्राङ्गणमा प्रदर्शन गरिएको भैरव नाच आज राति ९ बजे उपराष्ट्रपति नन्दकिशोर पुनले अवलोकन गर्नुहुने मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । 

मध्यपुरथिमिको लाय्कू दरबारबाट निस्किएर बालकुमारी मन्दिर प्राङ्गणमा प्रदर्शन गरिएको भैरव नाच आज राति ९ बजे उपराष्ट्रपति नन्दकिशोर पुनले अवलोकन गर्नुहुने मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । 

आज रातिनै विभिन्न टोलमा चार दिन चार रात अपराह्नदेखि रातिसम्म सञ्चालन हुने भैरव नाच सबैको सहयोग र एक महिनादेखिको अथक तयारी एवं प्रयासबाट सञ्चालन गरिएको लाय्कू भैल  सञ्चालन समितिले जनाएको छ । 

दुई वर्ष यहाँको युवाको सक्रियतामा पुनः सञ्चालनमा आएको तान्त्रिक एवं ऐतिहासिक भैरव नाच गत दुई वर्ष कोरोना भाइरस सङ्क्रमण महामारीका कारण सञ्चालन गर्न नसके पनि यस वर्ष भने भव्यरूपमा सञ्चालन सुरु भएको हो । 

भाद्र कृष्ण द्वितीया (गुंलागा द्वितीया) देखि ३१ गते पञ्चमीसम्म मनाइने नाच सञ्चालन एवं व्यवस्थापन समितिका संयोजक एवं गुरु अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।