२१ बैशाख, २०८१ शुक्रबार

11:24:29 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई सम्पत्तिको लेखाजोखा गर्न मन्त्रीको कडा निर्देशन

Nepal Business

२८ साउन, २०७९

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शनिबार भएको तेस्रो वार्षिकोत्सव समारोहमा मन्त्री बडूले कर्मचारी र व्यवस्थापनलाई आफ्नो जिम्मेवारीअनुसार काम गरेको छ कि छैन भन्नेबारे समीक्षा गर्न पनि सुझाव दिनुभयो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई सम्पत्तिको लेखाजोखा गर्न मन्त्रीको कडा निर्देशन

काठमाडौँ
 उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका नाममा रहेको सम्पत्ति र भाडाको लेखाजोखा तयार पार्न निर्देशन दिनुभएको छ ।

मुलुकभरको खाद्य व्यवस्थाको जिम्मेवारी लिएको कम्पनीले सन्तोषजनक काम नगरेको भन्दै मन्त्री बडूले सार्वजनिक मञ्चबाटै काठमाडौं उपत्यकामा रहेको सम्पतिको लेखाजोखा गर्न ७ दिन र देशभरको सम्पत्तिको विवरण तयार गर्न १ महिनाको समय दिनुभएको छ ।

मुलुकभरको खाद्य व्यवस्थाको जिम्मेवारी लिएको कम्पनीले सन्तोषजनक काम नगरेको भन्दै मन्त्री बडूले सार्वजनिक मञ्चबाटै काठमाडौं उपत्यकामा रहेको सम्पतिको लेखाजोखा गर्न ७ दिन र देशभरको सम्पत्तिको विवरण तयार गर्न १ महिनाको समय दिनुभएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शनिबार भएको तेस्रो वार्षिकोत्सव समारोहमा मन्त्री बडूले कर्मचारी र व्यवस्थापनलाई आफ्नो जिम्मेवारीअनुसार काम गरेको छ कि छैन भन्नेबारे समीक्षा गर्न पनि सुझाव दिनुभयो ।

काठमाडौं भ्यालीभित्रको सम्पत्ति कति आएको हो त्यसको लेखाजोखा गर्नुस् । कसलाई भाडामा दिएको हो ? कति भाडा उठेको छ ? उठेको छैन भने के कारणले उठेन एक हप्ताभित्र विवरण दिइहाल्नुस्, उहाँले भन्नुभयो, एक महिनाभित्र देशभरी कति सम्पत्ति छ लेखाजोखा दिनुस् । कति भाडामा छ ? भाडा नउठेको हो भने किन उठेन ? त्यसको निष्कर्ष निकाल्नुस् ।

मन्त्री बडूले सम्पत्ति नोक्सान भइरहेको, भाडा नउठेको र सम्पत्तिको लेखाजोखा नभएकोबारे व्यवस्थापन र जिम्मेवार कर्मचारीलाई कामको समीक्षा गर्दै कानुनले दिएको जिम्मेवारीअनुसार क्रियाशील हुन निर्देशन दिनुभयो ।