१९ माघ, २०८१ शनिबार

12:31:00 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आन्तरिक आयको स्रोत खोज्दै टीकापुर नगरपालिका

Nepal Business

२८ साउन, २०७९

नगरपालिकाको अहिलेको आन्तरिक आयको स्रोत करिब रु सात करोड छ । आन्तरिक आयका स्रोतको पहिचान हुन नसक्दा नगरपालिकाको स्रोतको पाटो मजबुत बन्न सकेको छैन ।

आन्तरिक आयको स्रोत खोज्दै टीकापुर नगरपालिका

भजनी, 

कैलालीको टीकापुर नगरपालिकाले आन्तरिक स्रोत बढाउनका लागि नगरभित्र सम्भावनाको खोजी सुरु गरेको छ ।

कैलालीको दोस्रो पुरानो नगरपालिकासमेत रहेको नगरपालिकाले आन्तरिक आयको क्षेत्र मजबुत बनाउनका लागि लगानी गर्नसक्ने क्षेत्रसँग छलफल सुरु गरेको हो ।

कैलालीको दोस्रो पुरानो नगरपालिकासमेत रहेको नगरपालिकाले आन्तरिक आयको क्षेत्र मजबुत बनाउनका लागि लगानी गर्नसक्ने क्षेत्रसँग छलफल सुरु गरेको हो ।

नगरपालिकाको अहिलेको आन्तरिक आयको स्रोत करिब रु सात करोड छ । आन्तरिक आयका स्रोतको पहिचान हुन नसक्दा नगरपालिकाको स्रोतको पाटो मजबुत बन्न सकेको छैन । 

कृषि, पर्यटन, उद्योग र व्यापारलाई मुख्य प्राथमिकतामा राखेको नगरपालिका त्यसैअनुसारका निकायसँग समन्वयका लागि छलफल सुरु गरेको नगरपालिकाका नगर प्रमुख रामलाल डगौँरा थारु बताउनुहुन्छ । 

नगरपालिकामा पर्यटन क्षेत्रका लागि थुप्रै सम्भावना छन् । टीकापुर पार्क सबैभन्दा ठूलो आम्दानीको स्रोत बन्दै आएको छ । 

पार्कमा आन्तरिक तथा बाह्य गरी वार्षिक करिब एक लाखभन्दा बढी पर्यटक आउने गरेका छन् । नगरपालिकाले पार्कबाट वार्षिक रु ५० लाखसम्म आम्दानी गर्दै आएको छ ।

 त्यस्तै अन्य थुप्रै धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि नगरपालिकाले साझेदारी संस्थाको खोजी गर्दै आएको छ ।