२३ बैशाख, २०८१ आइतबार

04:44:17 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

धान र गहुँको बीउ उत्पादनमा कैलाली जिल्ला आत्मनिर्भर

Nepal Business

२७ साउन, २०७९

जिल्लाको झण्डै एक हजार हेक्टरमा चैते धानखेती र झण्डै ७१ हजार सात सय हेक्टर जग्गामा वर्षे धानखेती गरेर वर्षको दुई पटक धानखेती हुने गरेको छ ।

धान र गहुँको बीउ उत्पादनमा कैलाली जिल्ला आत्मनिर्भर

सुदूरपश्चिम,

धान र गहुँको उन्नत बीउबिजन उत्पादनमा कैलाली जिल्ला आत्मनिर्भर भई उत्पादित बीउ जिल्ला बाहिरसमेत निर्यात हुन थालेको छ । 

जिल्लामा वर्षभरिमा झण्डै ३६ हजार क्विन्टल धान र ४५ हजार क्विन्टल गहुँको उन्नत बीउ आवश्यकता रहेकामा उक्त परिमाणभन्दा बढी बीउ उत्पादन भइरहेको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ ।  

“बर्खे धानखेती गरिने क्षेत्रफल र गहुँको उन्नत बीउ उत्पादनको हकमा कैलाली जिल्ला देशमै पहिलो स्थानमा छ”, ज्ञान केन्द्रका प्रमुख खगेन्द्रप्रसाद शर्माले भन्नुुभयो, “पछिल्ला वर्षमा धान र गहुँको बीउ उत्पादनमा आत्मनिर्भर भई अन्य जिल्लामा निर्यात हुन थालेको छ ।”

 “बर्खे धानखेती गरिने क्षेत्रफल र गहुँको उन्नत बीउ उत्पादनको हकमा कैलाली जिल्ला देशमै पहिलो स्थानमा छ”, ज्ञान केन्द्रका प्रमुख खगेन्द्रप्रसाद शर्माले भन्नुुभयो, “पछिल्ला वर्षमा धान र गहुँको बीउ उत्पादनमा आत्मनिर्भर भई अन्य जिल्लामा निर्यात हुन थालेको छ ।”

 जिल्लाको झण्डै एक हजार हेक्टरमा चैते धानखेती र झण्डै ७१ हजार सात सय हेक्टर जग्गामा वर्षे धानखेती गरेर वर्षको दुई पटक धानखेती हुने गरेको छ । 

यस्तै झण्डै ३५ हजार हेक्टरमा गहुँ खेती हुने गरेको छ । प्रतिहेक्टरमा धान खेती गर्न ५० किलो र गहुँ खेती गर्न १२० किलो बीउ आवश्यक पर्ने गर्दछ ।