१९ माघ, २०८१ शनिबार

12:29:48 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लगानीमैत्री नीतिनियम र कानुन व्यवस्थापन गर्न आवश्यक : उपसभामुख भुसाल

Nepal Business

२६ साउन, २०७९

नेपालमा विदेशी लगानी भित्र्याउन लालायीत हुने अवस्था सिर्जना भएको जिकिर गर्दै उपसभामुख भुसालले समयअनुसार लगानीमैत्री नीतिनियम र कानुन व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो ।

लगानीमैत्री नीतिनियम र कानुन व्यवस्थापन गर्न आवश्यक : उपसभामुख भुसाल

वीरगञ्ज,
उपसभामुख पुष्पा भुसालले मुलुकको विकासका लागि बलियो अर्थनीति आवश्यक रहेको बताउनुभएको छ । 

पर्साको वीरगञ्जमा उद्योग वाणिज्य सङ्घद्वारा विहिबार यहाँ आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा उपसभामुख भुसालले स्वदेशी वा विदेशी दुवै लगानी सुरक्षित गर्न पनि  बलियो अर्थनीति आवश्यक रहेको बताउनुभयो । 

पर्साको वीरगञ्जमा उद्योग वाणिज्य सङ्घद्वारा विहिबार यहाँ आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा उपसभामुख भुसालले स्वदेशी वा विदेशी दुवै लगानी सुरक्षित गर्न पनि  बलियो अर्थनीति आवश्यक रहेको बताउनुभयो । 

नेपालमा विदेशी लगानी भित्र्याउन लालायीत हुने अवस्था सिर्जना भएको जिकिर गर्दै उपसभामुख भुसालले समयअनुसार लगानीमैत्री नीतिनियम र कानुन व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो । 

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणपश्चात् देशको आर्थिक विकासमा टेवा पुग्ने दाबी गर्दै उपसभामुख भुसालले प्रदेशमा गुरुयोजना बनाएर पूर्वाधार विकासमा प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । 

सो क्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा सुवोधकुमार गुप्ताले समग्र मधेस प्रदेशको औद्योगिक अवस्थाबारे उपसभामुख  भुसाललाई जानकारी गराउनुभएको थियो