२३ बैशाख, २०८१ आइतबार

10:31:08 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाली चियालाई भारतले करको दायरामा ल्याउन खोज्यो, समस्या समाधानका लागि पहल गर्न सरकारको ध्यानाकर्षण

Nepal Business

२६ साउन, २०७९

व्यवसायीले नेपाली चियाको निर्यातलाई प्रभावित पार्ने नीतिलाई तत्काल रोक्न पहलका लागि सरकारसमक्ष मागसमेत गरेका छन् ।

नेपाली चियालाई भारतले करको दायरामा ल्याउन खोज्यो, समस्या समाधानका लागि पहल गर्न सरकारको ध्यानाकर्षण

चिया व्यवसायीले चियासँग सम्बन्धित समस्याको दीर्घकालीन समाधान गर्न सरकारलाई आग्रह गरेका छन् । 

व्यवसायीले विहिबार पत्रकार सम्मेलन गरी इलाममा उत्पादन भएको चिया भारत निर्यातमा ९५ प्रतिशत छुट हुँदै आएकामा भारतले नेपाली चियालाई करको दायरामा ल्याउन खोजेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।  

व्यवसायीले विहिबार पत्रकार सम्मेलन गरी इलाममा उत्पादन भएको चिया भारत निर्यातमा ९५ प्रतिशत छुट हुँदै आएकामा भारतले नेपाली चियालाई करको दायरामा ल्याउन खोजेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।  

व्यवसायीले नेपाली चियाको निर्यातलाई प्रभावित पार्ने नीतिलाई तत्काल रोक्न पहलका लागि सरकारसमक्ष मागसमेत गरेका छन्  ।

चिया भारत निर्यात नभएमा एकसय ५० भन्दा बढी उद्योग बन्द हुने व्यवसायीको चिन्ता छ । उनीहरुले राष्ट्रको ठूलो लगानी धरासयी हुने, चियाखेतीमा आश्रित २६ हजार कृषक आयविहीन हुने, ८० हजार चिया मजदुर बेरोजगार हुने स्थितिको सिर्जना हुने बताएका छन् । 

इलाम जिल्ला नेपालको अर्थोडक्स चियाको उत्पादन गर्ने मुख्य जिल्लाका रुपमा रहेको छ । कूल अर्थोडक्स चिया उत्पादनको ९० प्रतिशत उत्पादन हुने इलाममा १३ हजार हेक्टर चिया क्षेत्रको विकास भएको छ । 

चियाखेतीमा २६ हजार कृषकको संलग्नता रहेको र ८० हजारभन्दा बढीले ग्रामीण रोजगारी पाएको सूर्योदय टि प्रोडक्सन एसोसिएसनका अध्यक्ष उत्तमकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँले नेपाल सरकारको उच्च राजनीतिक संवादमार्फत कूटनीतिक पहल गरी समस्याको समाधान गर्नका लागि नेपाल सरकारसमक्ष आग्रह गर्नुभयो ।