२० बैशाख, २०८१ बिहिबार

08:25:22 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर

२६ साउन, २०७९

भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । बिहीबार सर्वोच्चमा बोर्डका अध्यक्ष केसीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै रिट दायर भएको हो ।

अध्यक्षमा नियुक्ति हुन केसीको योग्यता नपुग्ने भन्दै  विकास बोर्डको अध्यक्षका प्रत्यासीहरू नरेश पौडेल, अरुण प्रधानलगायतले केसीलाई नियुक्त गर्ने साउन ९ गतेको मन्त्रिपरिषद्को निर्णय खारेज गर्न माग गर्दै रिट दिएका हुन् ।

विकास बोर्डको अध्यक्षमा नियुक्तिका लागि स्नातक उत्तीर्ण हुनुपर्ने भए पनि केसीले प्रमाणपत्र तह मात्र उत्तीर्ण गरेकाले उहाँको नियुक्ति प्रक्रिया बदर गर्न रिट निवेदनमा माग गरिएको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले रिट दर्ता भएको र सोमबार प्रारम्भिक सुनुवाइ हुने जानकारी दिनुभयो ।