१४ बैशाख, २०८१ शुक्रबार

12:10:32 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चीन सरकारको नेपाललाई १५०१ करोड ९१ लाख रुपैयाँ सहायता उपलब्ध गराउने घोषणा

Nepal Business

२६ साउन, २०७९

चीन सरकारको नेपाललाई १५०१ करोड ९१ लाख रुपैयाँ सहायता उपलब्ध गराउने घोषणा

काठमाण्डौं । चीन सरकारले नेपाललाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । चीनले चालु आर्थिक वर्षका लागि ८०० मिलियन आरएमबी (१५०१ करोड ९१ लाख रुपैयाँ ) बराबर सहायता उपलब्ध गराउने घोषणा गरेको हो । 

परराष्ट्रमन्त्री डा.नारायण खड्कको तीन दिने चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीले सहयोग घोषणा गर्नुभएको हो । 

यस्तै चीन नेपालको कृषि क्षेत्रको विकासका लागि सहयोग गर्न सहमत भएको छ । चिनियाँ विदेश मन्त्री वाङ यीले नेपालको उत्पादकत्व बढाउन चिनियाँ लगानीलाई प्रोत्सहान गर्दै नेपाली चिया तथा परम्परागत जडिबुटी निर्यातमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कृषि क्षेत्रको विकासका लागि नै चिनियाँ पक्ष रायायनिक मल उपब्ध गराउन सकरात्मकसमेत भएको जनाइएको छ । साथै चीनले नेपालमा रासायनिक मल उत्पादन गर्ने उद्योग स्थापनाका लागि सम्भाव्यता अध्ययनमा सहयोग गर्नेसमेत बताएको छ ।

यसैगरी दुबै मन्त्रीले सीमा क्षेत्रमा महामारी नियन्त्रणका लागि संयुक्त संयन्त्र निर्माण गर्नेदेखि रसुवा–केरुङ र तातोपानी जाङ्मु नाका व्यापारका लागि द्वितर्फी सञ्चालन गर्ने तथा हिल्सा पुलाङ बन्दरगाह एकतर्फी रुपमा सञ्चालन गर्ने विषयमा सहमत भएका छन् ।