२० बैशाख, २०८१ बिहिबार

12:33:20 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भारतको ५ वटा व्यवसायिक घरानाको कार्यालयमा छापा मार्दा ५८ करोड तथा ३२ केजी सुन जफत

Nepal Business

२६ साउन, २०७९

भारतको ५ वटा व्यवसायिक घरानाको कार्यालयमा छापा मार्दा ५८ करोड तथा ३२ केजी सुन जफत

काठमाडौं । भारतमा आयकर विभागले ५ वटा व्यवसायिक घरानाको कार्यालयमा छापा मारेको छ । छापा मार्दा आयकर विभागले ५ वटा व्यवसायिक घरानाबाट ५८ करोड (भारु) तथा ३२ केजी सुन जफत गरेको हो । 

जफत गरिएको ५८ करोड (भारु) गिन्तीका लागि आयकर विभागले जफत गरिएको ५८ करोड भारु१३ घण्टा समय लगाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।  पैसा गन्ने क्रममा केही कर्मचारीहरु बिरामी समेत परेको जनाइएको छ ।

आयकर विभागको टीमको शुरुवाती जाँचमा केही पत्ता नलागे पनि पछि जालानाभन्दा १० किलोमिटरको दूरीमा रहेको व्यवसायीको फार्महाउसमा कारबाही गरिएको थियो ।

उक्त स्थानमा दराजको मुनी, बेडभित्र तथा तथा दराजभित्र थैलीमा राखिएको नोटका बण्डल भेटिएका थिए । कपडाका ३५ वटा थैलीमा रकम राखिएको थियो ।

विभागका अनुसार एसआरजे स्टील, कालिका स्टील, एक को कोअपरेटिभ बैंक, फाइनान्स विमल राज बोरा, डिलर प्रदीप बोराको फ्याक्ट्रि, घर तथा कार्यालयमा अगष्ट १ तारिखदेखि ७ तारिखसम्म छापा गरिएको थियो ।

यसका लागि २६० अफिसर तथा कर्मचारीहरु सहभागी थिए । उनीहरु १२० भन्दा बढी गाडीमा पुगेका थिए । यो अपरेसनमा एक समयमा पाँच फरक–फरक टीमले काम गरेका थिए । आयकर विभागले बरामत गरिएको पैसा कर चोरी गरिएको हुन सक्ने आशंका व्यक्त गरेको छ ।