२३ बैशाख, २०८१ आइतबार

06:01:46 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भारतबाट अवैधरूपमा भित्र्याइएको ६४० केजी माछा नष्ट

२ माघ, २०७८

भारतबाट अवैधरूपमा भित्र्याइएको ६४० केजी माछा नष्ट

झापा

भन्सार छलेर भारतबाट अवैधरूपमा लुकाइछिपाइ नेपाल भित्र्याइएको  एक लाख ९२ हजार बराबरको ६४० केजी माछा प्रहरीले आइतबार बरामद गरेको छ । गौरादह नगरपालिका–३ सहिदगेट अगाडिबाट मे१च ३६३२ नंको छोटा हात्ती गाडीमा भारतबाट अवैधरूपमा ल्याइएको माछा प्रहरीले बरामद गरेको हो ।

सो माछा इलाका प्रहरी कार्यालय गौरादहले स्थानीय बुद्धिजीवी, पत्रकार जनप्रतिनिधि सहितको रोहबरमा खाल्डोमा हाली आजै नष्ट गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताउनुभयो ।

सखुवाको काठ बरामद

आजै बुद्धशान्ति गाउँपालिका–१ दामाखोलाबाट प्रहरीले सुखवा जातको गोलिया काठ बरामद गरेको छ । दिउँसो १२ बजे इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेको ४७ क्युविक फिट काठ फेला पारी इलामको रोङ सबडिभिजन कार्यालयमा बुझाइदिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

रासस