१३ बैशाख, २०८१ बिहिबार

06:23:22 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एलोन मस्कले बेचे टेस्लाको ६.९ अर्ब डलरको सेयर

Nepal Business

२५ साउन, २०७९

एलोन मस्कले बेचे टेस्लाको ६.९ अर्ब डलरको सेयर

एजेन्सी । विश्वका धनाड्य व्यक्ति एलोन मस्कले विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाको ६.९ अर्ब डलरको सेयर बेच्नु भएको छ । 

यसअघि मस्कले अप्रिलमा ८.५ अर्ब डलरको सेयर बिक्रि गर्नुभएको थियो । सो समयमा उहाँले थप सेयर बेच्ने योजना नभएको बताउनुभएको थियो । यद्यपि, मस्कको नयाँ फाइलिङका अनुसार उहाँले अगस्ट ५ देखि ९ बीचमा टेस्लाका ७९.२ मिलियन सेयर बेच्नुभएको छ । अब उहाँसँग १५.५ करोड सेयर बाँकी छ । 

यस्तै मस्कले गत १० महिनामा टेस्लाको करिब ३२ बिलियन डलरको सेयर बेच्नुभएको छ । 

एलोन मस्कले ट्विटरलाई ४४ अर्ब डलरमा किन्ने घोषणा गरेका थिए तर पछि उनले उक्त सम्झौता रद्द गगर्नुभएको थियो । मस्कका अनुसार यदि रद्द गरिएको सम्झौता बन्द गर्न बाध्य भयो र केही इक्विटी साझेदारहरू आएनन् भने नगदको आवश्यकता पर्नेछ । 

उहाँले ट्वीटरले अहिलेसम्म फेक र स्प्याम अकाउन्टको संख्या नखुलेको आरोप लगाउनुभयो । तर सम्झौता रद्द भएपछि ट्विटरले मस्कविरुद्ध अमेरिकाको डेलावेयर अदालत पुग्यो । ट्विटरले मस्कलाई प्रति सेयर ५४.२० डलरमा भएको सम्झौता अनुसार रकम तिर्ने बताएको छ ।