२३ बैशाख, २०८१ आइतबार

09:47:11 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बर्डफ्लु प्रभावित किसानलाई छिट्टै राहत,१६ जिल्लामा बर्डफ्लुुको प्रभाव

Nepal Business

२४ साउन, २०७९

मापदण्ड पारित भएपछि मात्र लागू हुने भएकाले यस अघिका प्रभावित किसानको तथ्याङ्क सङ्कलन गरी यस पटकका लागि मन्त्रिपरिषद्मा लैजाने तयारी गरिएको हो ।

बर्डफ्लु प्रभावित किसानलाई छिट्टै राहत,१६ जिल्लामा बर्डफ्लुुको प्रभाव

चितवन,
बर्डफ्लु प्रभावित किसानलाई छिट्टै राहत दिइने भएको छ । 

बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका कुखुरा एवं अन्य वस्तुको राहत दिने सम्बन्धी मापदण्ड, २०७९ ले गत वर्ष प्रभावित किसानले राहत नपाउने भएपछि यस पटक मन्त्रिपरिषद्मा निर्णय गरी राहत दिन लागिएको हो ।

बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका कुखुरा एवं अन्य वस्तुको राहत दिने सम्बन्धी मापदण्ड, २०७९ ले गत वर्ष प्रभावित किसानले राहत नपाउने भएपछि यस पटक मन्त्रिपरिषद्मा निर्णय गरी राहत दिन लागिएको हो ।

मापदण्ड पारित भएपछि मात्र लागू हुने भएकाले यस अघिका प्रभावित किसानको तथ्याङ्क सङ्कलन गरी यस पटकका लागि मन्त्रिपरिषद्मा लैजाने तयारी गरिएको हो ।  

पशुसेवा विभागका सूचना अधिकारी चन्द्र ढकालका अनुसार देशभरका १६ जिल्लामा बर्डफ्लुुको प्रभाव देखिएको छ । 

ती जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन भएको समितिले दररेट निर्धारण गर्ने छ । चार जिल्ला बाहेक अन्य जिल्लाबाट क्षतिको विवरण विभागमा पुगिसकेको ढकालले बताउनुभयो । 

बाँकी ती जिल्लामा छिटो गर्न ताकेता गरिएको छ । बाँकी जिल्लाबाट विवरण आएसँगै विभागले कृषि तथा पशुपक्षी विकास मन्त्रालय फाइल पठाउने छ ।

 ढकालले भन्नुभयो, “हामी सकेसम्म साउनमानै मन्त्रिपरिषद्मा फाइल लगेर राहत दिने गरी तयारीमा जुटेका छौँ ।” आवश्यक कागजात तयार भएकाले चार जिल्लाको क्षतिपूिर्तको विवरण आएसँगै मन्त्रिपरिषद्मा पठाउने तयारी गरिएको छ । 

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ‘बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका वस्तुको राहत दिनेसम्बन्धी मापदण्ड–०७९’ पारित भएसँगै किसानलाई क्षतिको ७५ प्रतिशत राहत रकम उपलब्ध गराउने बाटो खुलेको हो ।